गृहपृष्ठ लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था नमस्ते नेपालको माघ २१ गते प्रथम अधिवेशन हुदै
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था नमस्ते नेपालको माघ २१ गते प्रथम अधिवेशन हुदै
बुटवल । नमस्ते नेपालको माघ २१ गते प्रथम अधिवेशन हुने भएको छ । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाको प्रथम अधिवेशन हुन लागेको सँस्थाका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।
२०६८ सालबाट विभिन्न सामाजिक कामहरु गर्दै आएको सँस्थाको प्रथम अधिवेशन हुन लागेको हो। प्रथम अधिवेशनको अवसरमा चर्चित मोटीभेसनल स्पिकर सुदन ज्ञवाली, युवा कवी अस्मित रेग्मी लगायतको सहभागिता रहने अध्यक्ष नेपालले बताए । अधिवेशन तिलोत्तमा नगरपालिका योगीकुटीस्थित होटेल पौवामा हुनेछ ।






