२०८२ फागुन २२ गते शुक्रवार | March 06, 2026

गृहपृष्ठ शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै

शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज (सोमबार) दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर आफ्नो पाँचौ खेलका लागि मैदान उत्रने छन् । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।
इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्ली चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ४ खेलमा ३ जितसहित ६ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली बैंगलोरलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।

तर, दिल्ली तेस्रो खेलमा समेत हैदराबादसँग १५ रनले पराजित भएको थियो । चौंथो खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको थियो ।

यस सिजन सन्दीपले आईपीएलमा कुनै खेलमा मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला चार खेलमा बेञ्चमा राखेको थियो ।

घरेलु स्पिनर अमित मिश्रा लयमा देखिएका कारण सन्दीपले मौका पाउने सम्भावना निकै कम छ ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि चौंथो जितको खोजीमा हुनेछ । बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर बैंगलोर पनि शीर्ष स्थानमा उक्लन चाहन्छ ।

बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्स इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । तेस्रो खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको थियो ।

चौंथो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले पनि तेस्रो जित निकालेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार