२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ ब्याडमिन्टन प्रतियोगितामा यस बर्ष १५० बढी टिम सहभागी हुने, संरक्षक वासुदेव लामिछाने

ब्याडमिन्टन प्रतियोगितामा यस बर्ष १५० बढी टिम सहभागी हुने, संरक्षक वासुदेव लामिछाने

रुपन्देहीको बुटवलमा रहेको लाफा समूहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी बुटवलमा आउदो माघ २३ र २४ गते तेस्रो लाफा पुरुष ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ।यस बर्ष १५० भन्दा बढी टिम सहभागी हुने लाफा समुहका संरक्षका वासुदेव लामिछाने मगरले जानकारी गराएका छन् ।

पोहोर बर्ष भन्दा यस बर्ष धेरै टिम सहभागी सहित ब्यबस्थित रुपले प्रतियोगिता गराउने संरक्षक वासुदेव लामिछानेले बताएका छन्।खुलातर्फ ९० तथा भेट्रान्सतर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फका विजेताले ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछ। उपविजेताले ४१ हजार ५५५ तथा तेस्रो हुनेले ३१ हजार ५५५ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएका छन् ।

प्रतियोगितामा रुपन्देही लुम्बिनी प्रदेश भित्रका ,काठमाडौँ, मकवानपुर, चितवन, दाङ, कास्की, बाँके सल्यान लगायतका जिल्लाबाट खेलाडी कार्यक्रममा सहभागी हुने कुरा संयोजक ज्ञानु सारुले जानकारी दिनुभयो कार्यक्रममा पुरन गाहाले स्वागत अनि अध्यक्ष तारा रेश्मी मगरले कार्यक्रम समापन घोषणा गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार