गृहपृष्ठ एमडिआरटीमा सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत दुई जना एजेन्सी म्यानेजर छनोट
एमडिआरटीमा सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत दुई जना एजेन्सी म्यानेजर छनोट
सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत आरती नेपाल पौडेल र प्रतिमा खत्री एम.डि.आर.टी.मा छनोट भएका छन । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एमडिआरटी हुन सफल भएको भन्दै द्धय पौडेल र खत्रीलाई सिटिजन लाईफ इन्स्योरेन्सले स्वागत तथा सम्मान समेत गरेको सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिनु भएको छ ।
संसार भर मिलियन डलर कमाउने अभिकर्ताहरु संस्थामा सदस्य बन्न पाउने भएपनि त्यसको लागि हरेक बर्ष संस्थाले राखेको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ । कोभीड को कारण यो बर्षको छानोट प्रक्रियाको लागि आवस्यक सिमा घटाई नेपालको लागि ३० लाख १२ हजार प्रीमियम खायम गरिएको थियो यहि अन्तरगत उनिहरु छ्नोट भएको सुवेदीले जानकारी दिनु भएको छ । यसको सम्पुर्ण गणना जनवरी १ देखि डिसेम्बर ३० सम्म रहनेछ भने डिसेम्बर पछि ५ सय ५० डलर तिरेर अभिकर्ता स्वयंले रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।





