२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङ

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङ

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्ने बताएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् ।

‘टिमको कप्तानी किरणले गर्ने छन् । उनी आज भारतबाट स्वदेश फर्कदै छैन,’ मुख्य प्रशिक्षक महर्जनले भने ।

किरण भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् ।

राष्ट्रिय टिमका नियमित गोलकिपर समेत रहेका किरण भारतको शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका छन् । किरण पन्जाबबाट खेलिरहेका छन् ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार