२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाली टिमले केटीएम सिटीले बनाएको जर्सी लगाएर फुटबल खेल्ने

नेपाली टिमले केटीएम सिटीले बनाएको जर्सी लगाएर फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबारदेखि शुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नयाँ जर्सी लगाएर खेल्ने भएको छ । नेपाली टिमले केटीएम सिटीले बनाएको जर्सी लगाएर फुटबल खेल्ने भएको हो ।

यसअघि केल्मीले फुटबल टिमको जर्सी लगायत खेल सामाग्री प्रयोग गर्दै आएको थियो । तर केल्मीसँग सम्झौता सकिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले जर्सीको लागि खुल्ला आवदेन माग गरेको थियो ।

जसबाट केटीएम सिटी छनोट भएको छ । तर एन्फाले यसबारे आधिकारिक रुपमा सार्वजनिक गरिसकेको भने छैन । यद्यपि त्रिदेशीय फुटबलका लागि नेपाली टिमले प्रयोग गर्ने आधिकारिक जर्सी भने केटीएम सिटीकै छ ।

सोमबार म्यानेजर मिटिङमा केटीएमकै जर्सी सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार