२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको लगातार तेस्रो जित, अनिताको १६ गोल, कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित

नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको लगातार तेस्रो जित, अनिताको १६ गोल, कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित

नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा मासा युनाईटेडले कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित गरेको हो ।

May be an image of 1 person, standing, playing football and outdoors

मासाको जितमा नेपालकी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् ।

अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् । गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् ।

पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।

May be an image of 2 people, people standing, people playing football and grass

May be an image of one or more people, people standing, people playing football, outdoors and text that says 'NATIONAL WOMEN'S NATIONAL'

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार