२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात

 

फोटो : GoalNepal.com

 

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू-२३ टिमलाई १-० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे ।

खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।

यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउँन सफल भएको छ ।

यस अघि दुई देशको राष्ट्रिय टिमबीच भएको चार भेटमा भने किर्गिस्तानले जित हासिल गरेको थियो ।

जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ ।

नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार