२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनाविरुद्ध जुधिरहेको भारतलाई ५० हजार डलर दिने

अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनाविरुद्ध जुधिरहेको भारतलाई ५० हजार डलर दिने

नयाँ दिल्ली । अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनासँग नराम्ररी जुधिरहेको भारतलाई ५० हजार डलर दिने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० हजार डलर दिने घोषणा सोमबार गरेका हुन् । हाल इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्नका लागि भारतमै रहेका उनले कोरोना संक्रमणविरुद्ध जुधिरहेको भारत, खासगरी अक्सिजनको अभावका कारण भारतीय नागरिकले भोग्दै आएको पीडा केही कम गर्ने उद्देश्यले सहयोगको घोषणा गरेको जनाएका छन् ।

उनी आइपिएलमा कोलकाता नाइट राइडर्सबाट खेल्दैछन् । आइपिएलको गत वर्षको सिजनमा उनी सर्वाधिक महँगा खेलाडी थिए । यो सिजनमा उनी कोलकत्ता नाइट राइडर्समा आवद्ध छन् ।

सोमबार ट्वीट गर्दै उनले भारत सरकारलाई ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अक्सिजन सिलिन्डर खरिद गर्नका लागि आफूले सहयोग गर्न लागेको प्रस्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार