२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ ।

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ (मे २९) मा हुनेछ ।

नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ ।

पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो ।

जुन खेलमा नेपाल ४-२ ले पराजित भएको थियो ।

विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९-१ ले पराजित भएको थियो ।

पहिलो पटक नेपालले एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

विश्वकप छनोट खेलिरहेको इराकले तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको हो । जुन प्रस्ताव नेपालले स्वीकार गरेको हो ।

फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराकले ५ खेलबाट ३ जित २ बराबर सहित ११ अंक जोडेको छ । बहराईन, इरान, हङकङ र कम्बोडिया रहेको समूहमा इराक शीर्ष स्थानमा छ ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल ५ खेलमा १ जित सहित ४ हार सहित ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

यस मैत्रीपूर्ण नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ ।

प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएको छ ।

नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।

स्यान्सु भुसाल र मनिस डाँगी पहिलो पटक टिमको प्रशिक्षणमा समेटिएका हुन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ,  विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार