२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ आईपीएल -कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

आईपीएल -कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए ।

कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए ।

सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजित रहे ।

यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।

कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए ।

दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए ।

जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ ।

जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

कोलकत्ता यो पाँचौ हार हो ।

पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार