२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ चेल्सीलाई पराजित गर्दै लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि

चेल्सीलाई पराजित गर्दै लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि

एजेन्सी । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।
क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो ।

यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए ।

जुन गोल लेष्टरको जितमा प्रयाप्त रह्यो ।

यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए ।

तर, भीएआर प्रविधिमा अफसाइड देखिदा उनको गोलले मान्यता पाएँन ।

हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार