२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ वेस्ट इन्डिजले दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग सिरिज खेल्ने

वेस्ट इन्डिजले दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग सिरिज खेल्ने

एजेन्सी । वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने भएको छ ।

वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रीकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी-ट्वान्टी अन्तराष्ट्रिय खेल्नेछ ।

दक्षिण अफ्रीका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी-ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।

वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी-ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ । जुलाई ९ देखि १६ सम्म टी-ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ ।

यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी-ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार