२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ जर्मनीको फराकिलो जित

जर्मनीको फराकिलो जित

एजेन्सी । जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ ।

सोमबार राति जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो ।

पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल उपहार पाएको थियो ।

चेल्सीका फरवार्ड टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्यो ।

कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बने ।

युरोकपसंगै प्रशिक्षक जोचिम लेउले टिम छाड्ने घोषणा गरिसकेका छन् । गत बुधबार भएको खेलमा जर्मनीले डेनमार्कसंग १–१ गोलको बराबरी खेलेको थियो । सोमबारको खेलमा लेउले टिममा चार परिवर्तन गरेका थिए ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसंगै पोर्चुगल र हंगेरी समेत छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार