गृहपृष्ठ अष्ट्रेलियाको लगातार छैटौं जित
अष्ट्रेलियाको लगातार छैटौं जित

कुवेत सिटी । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा अष्ट्रेलियाले लगातार छैटौं जित निकालेको छ ।
कुवेतमा सोमबार राति भएको खेलमा चाईनिज ताईपेलाई ५-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले फराकिलो जित निकालेको हो ।
ताईपेका वि जी गोआले एक गोल फर्काए ।
यस जितसँगै समूह ‘बी’ को अष्ट्रेलियाले ६ खेलमा १८ अंक जोडेको छ ।
अष्ट्रेलिया शीर्ष स्थानमा यथावत रहेको छ ।
ताईपेले ७ खेलमा अंक जोड्न सकेको छैन ।
ताईपे पुछारमा रहेको छ ।













