२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ पीएसएलको बाँकी खेल सुरु, लाहोरको जित

पीएसएलको बाँकी खेल सुरु, लाहोरको जित

एजेन्सी । कोरोना भाईरसको कारण लामो समय स्थगित पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु सुरु भएको छ ।

युएईको अबुधाबीमा बुधबारबाट पीएसएलको बाँकी खेलहरु सुरु भएको हो ।

शेख जायद स्टेडियममा बुधबार राति भएको खेलमा लाहोर क्वालान्दर्सले इस्लामावाद युनाईटेडलाई ५ विकेटले हराएको छ ।

इस्लामावादले दिएको १ सय ४४ रनको लक्ष्य लाहोरले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

लाहोरको जितमा कप्तान सोहिल अख्तरले ४० रन जोडे । मोहमद हाफिजले २९ रन जोड्दा टिम डाभिडले अविजित २३ रन बनाए ।

राशिद खान १५ रनमा अविजित रहे । इस्लामावादका हसन अलिले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इस्लामावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

इस्लामावादका फाहिम आश्रफले सर्वाधिक २७ रन बनाए ।उश्मान ख्वाजाले १८ रन जोड्दा हुसेन टलट र हसन अलिले १४/१४ रन बनाए ।

लाहोरका जेम्स फुल्कनेरले ३ विकेट लिए । अहमेद डेनियाल र हरिस राउफले २/२ विकेट लिए ।

यस जितसँगै लाहोरले ५ खेलमा ८ अंक जोडेको छ । लाहोर शीर्ष स्थानमा उक्लिएको छ ।

इस्लामावाद ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार