२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ विलियम्सनले दोस्रो टेस्ट गुमाउने

विलियम्सनले दोस्रो टेस्ट गुमाउने

एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले इंग्ल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।

बाँया हातको कुहिनोको दुखाईको कारण कप्तान विलियम्सनले अन्तिम टेस्ट गुमाउने भएका हुन् ।

३० वर्षीय विलियम्सनले गत मार्चमा यहिँ समस्याको कारण एकदिवसीय सिरिज गुमाएका थिए ।

अब इंग्ल्यान्डविरुद्ध न्युजिल्याण्डको कप्तानी टम लाथमले गर्ने छन् ।

न्युजिल्याण्ड र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।

यस अघि पहिलो टेस्ट ड्र भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार