२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ पाकिस्तान सुपर लिग- कराचीमाथि सुल्तान्सको जित

पाकिस्तान सुपर लिग- कराचीमाथि सुल्तान्सको जित

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटमा मुल्तान सुल्तान्सले कराची किङ्सलाई पराजित गरेको छ ।

युएईको अबुधाबीमा बिहीबार सुल्तान्सले कराचीलाई १२ रनले हराएको हो ।

शेख जायद स्टेडियममा सुल्तान्सले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कराचीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

कराचीका लागि बाबर आजमले अविजित ८५ रन बनाए । वाल्टनले ३५ रन बनाए ।

Image

सुल्तान्सका इमरान खानले ३ विकेट लिए । इमरान ताहिरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको सुल्तान्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

उसका लागि खुशदिल साह र रिली रस्वोले समान ४४/४४ रन बनाए । सोहेब मक्सुदले ३१ रन बनाए । मोहमद रिजवानले २९ रन जोडे ।

यस जितसँगै सुल्तान्सले ६ खेलमा ४ अंक जोडेको छ । सुल्तान्स पाँचौं स्थानमा रहेको छ ।

कराची ६ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार