२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ अस्पतालले संक्रमितसँग शुल्क लिए स्वास्थ्य मन्त्रालयले दियो यस्तो कारबाही गर्ने चेतावनी (विज्ञप्तिसहित)

अस्पतालले संक्रमितसँग शुल्क लिए स्वास्थ्य मन्त्रालयले दियो यस्तो कारबाही गर्ने चेतावनी (विज्ञप्तिसहित)

कोभिड–१९ उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्ने चेतावनी सरकारले दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार