२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ अष्ट्रेलियन बलर नाथनको कीर्तिमान

अष्ट्रेलियन बलर नाथनको कीर्तिमान

एजेन्सी । अष्ट्रेलियाका बलर नाथन एलिस टी-ट्वान्टी अन्तराष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

ढाकामा जारी बंगलादेशविरुद्धको तेस्रो टी-ट्वान्टीमा ह्याट्रिक विकेट लिदै नाथनले कीर्तिमान बनाएका हुन् ।

अष्ट्रेलियाका लागि पहिलो टी-ट्वान्टी खेलिरहेका नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।

उनले १९ ओभरको चौंथो बलमा ममुदउल्लाह, पाँचौ बलमा मुताफिजुर रहमान र छैटौं बलमा मेहेदी हसनलाई आउट गरेका थिए ।

२६ वर्षीय नाथन अष्ट्रेलियाका लागि टी-ट्वान्टी अन्तराष्ट्रिय ह्याट्रिक पूरा गर्ने तेस्रो बलर हुन् । यस अघि ब्रेट ली र एस्टन अघरले ह्याट्रिक लिएका छन् ।

नाथनले कीर्तिमान बनाएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई जितका लागि १ सय २८ रनको लक्ष्य दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार