२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

एजेन्सी । घरेलु टिम बंगलादेशले तेस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गरेको हो ।

यससँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिज दुई खेल अगाबै ३-० ले जितेको छ । यस अघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।

यस अघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बेन म्याकडेरमोटले ३५ रन बनाए ।

एलेक्स केरी २० रनमा अविजित रहदा डान क्रिस्टियन ७ रनमा अविजित रहे ।

Image

बंगलादेशका शोरीफूल इस्लामले २ विकेट लिए । नसुम अहमेद र शकिब अल हसनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शकिब अल हसनले २६ रन जोड्दा आफिफ होसेनले १९ र नुरुल होसेनले ११ रन बनाए ।

अष्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए ।

नाथनले टी-ट्वान्टी अन्तराष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।  नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।

त्यस्तै जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार