२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ क्याम्प नाउ छाड्दै मेस्सीले भने,’यो ठाउँ फर्केर आउनेछु’

क्याम्प नाउ छाड्दै मेस्सीले भने,’यो ठाउँ फर्केर आउनेछु’

एजेन्सी । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आफु एकदिन बार्सिलोना फर्कने आउने बताएका छन् ।

क्याम्प नाउमा आइतबार पत्रकार सम्मेलन गर्दै मेस्सीले आफु बार्सिलोना फर्कने आउने बताएका हुन् ।

मेस्सीले बार्सिलोना आफ्नो घर भएको बताउँदै आफु यस ठाउँमा फर्कने बताएका हुन् ।

‘म यहाँ १३ वर्षको उमेरमा आएको थिए । र, अहिले २१ वर्षपछि मेरो जीवनसंगिनी,  तीन जना बच्चाहरुसंगै यो ठाउँ छोड्दै छु,’ पत्रकार सम्मेलनमै रोएका मेस्सीले भने, ‘तर, म बाचा गर्छु कि यो ठाउँ अवश्य फर्केर आउनेछु । किनकि यो मेरो घर हो ।’

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सीले २१ वर्ष बिताएर क्लब छाडेका हुन् । ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीले बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

Image

तर, मेस्सी भने बार्सिलोना छाड्ने योजनामा थिएनन् । उनले पत्रकार सम्मेलनमा त्यहि आशयको कुरा गरे ।

‘म र मेरो परिवार बार्सिलोना मै बस्न तयार थियौं । किनकि यो मेरो घर हो, हाम्रो घर हो । म यहीँ बस्न चाहन्थे । मेरो योजना त्यहि थियो,’ उनले भने, ‘तर, आज सबैलाई बाईबाई भन्दैछु । मेरो खेल जीवनको धेरै समय यहाँ बिताए । मेरो लागि यो अत्यन्तै कठिन समय हो । यसको लागि अझैपनि तयार छैन ।’

बार्सिलोनाका लिजेण्ड मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । ६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । मेस्सी फ्रेन्च क्लब पीएसजी जाने चर्चा छ  ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जिते ।

यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार