२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरी

इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरी

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ ।

वर्षाको कारण पाँचौं दिन आइतबार दुई टिमबीचको खेल बराबरीमा टुंगिएको हो ।

दुई टिमबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।

नटिंघममा भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको थियो ।

आफ्नो दोस्रो इनिङ्सको खेल थालेको भारतले शनिबारसम्म  १ विकेट गुमाएर ५२ रन बनाएको थियो । तर, आइतबार वर्षाको कारण खेल सुरु नहुदै रद्द गरिएको थियो ।

Image

शनिबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएपछि भारतले २ सय ९ रनको लक्ष्य पाएको हो ।

इंग्ल्यान्डका लागि दोस्रो इनिङ्स कप्तान जोए रुटले १ सय ९ रनको शतकीय इनिङ्स खेले । यस्तै साम करणले ३२ रन जोड्दा जोनी बेयर्स्टोले २० रन बनाए ।

डम सिब्ली २८ रनमा आउट भए भने डान लरेन्सले २५ रन जोडे ।

भारतका जस्प्रित बुम्राहले ५ विकेट लिए । मोहमद सिराज र सार्दुल ठाकुरले २/२ विकेट लिए ।

यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको थियो ।

भारतले पहिलो इनिङ्समा २ सय ७८ रन बनाएको थियो ।

पहिलो इनिङ्समा भारतका केएल राहुलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रविन्द्र जडेजाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । जेम्स एन्डरसनले ४ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार