गृहपृष्ठ मेस्सीबिनाको बार्सिलोनासँग युभेन्टसको हार
मेस्सीबिनाको बार्सिलोनासँग युभेन्टसको हार
प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालीको युभेन्ट्सलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि इन्जुरी समयमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।
यससँगै बार्सिलोनाले ट्रोफी जोन गाम्परको उपाधि जितेको छ ।
यस मैत्रीपूर्ण खेललाई ट्रोफी जोन गाम्पर नामाकरण गरिएको थियो ।











