२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ब्रेथवेट र मलिकले ईपीएल खेल्ने

ब्रेथवेट र मलिकले ईपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथवेट र पाकिस्तानी ब्याट्सम्यान शोएब मलिकले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

आयोजक ईपीएल क्रिकेटले सोमबार ब्रेथवेट र मलिकले ईपीएल खेल्ने जनाएको छ । तर, आयोजकले उनीहरु खेल्ने टिमबारे केहि बताएको छैन ।

ब्रेथवेटले वेस्ट इन्डिजबाट टी-ट्वान्टी विश्वकप जितिसकेका छन् । पूर्व कप्तान मलिक टी-ट्वान्टीमा पाकिस्तानका अनुभवी र सफल खेलाडी हुन् ।

पाकिस्तानकै पूर्व कप्तान शाहिद अफ्रिदीले काठमाडौं किङ्स-११ बाट ईपीएल खेल्ने पक्का भईसकेको छ ।

त्यस्तै पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले चितवन टाइगर्सबाट खेल्ने पक्का भईसकेको छ ।

चौंथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार