२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ मेसी पीएसजीमा आवद्ध हुन सहमत

मेसी पीएसजीमा आवद्ध हुन सहमत

काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध हुन सहमत भएका छन् ।

बार्सिलोनाबाट हालै विदा भएका मेसी पीएसजीमा आवद्ध हुने पक्का भएको बीबीसीले उल्लेख गरेको छ । ‘यो पक्का भइसकेको छ, लियोनेल मेसी पीएजसीको खेलाडी बन्दैछन्’ बीबीसीका खेल विश्लेषक गुइलेम बालाग्युले बीबीसी रेडियो फाइभसँग भनेका छन् ।

३४ वर्षका मेसीले बार्सिलोनाबाट खेलेका ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी १३ वर्षको हुँदा बार्सिलोनामा आवद्ध एका छन् । मेसीले ६ पटक फिफा बालोन डिओर जितेका छन् भने कप्तानको रुपमा ३५ ट्रफी उचालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार