२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ मलेसियाका विरनदीपले चितवनबाट ईपीएल खेल्ने

मलेसियाका विरनदीपले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं ।  मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

२२ वर्षीय विरनदीपले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् ।  यससँगै उनी ईपीएल खेल्ने पहिलो मलेसियन खेलाडी बनेका छन् ।

मलेसिया क्रिकेट एसोसियनले बिहीबार विरनदीपले चितवनबाट ईपीएल खेल्ने पक्का भएको जनाएको छ । चितवनले भने औपचारिक रुपमा केहि बताएको छैन ।

चितवनले यस अघि पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिज र अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

May be an image of 1 person, standing and text that says '而 MALAYSIA CRIIVAN TIGERS CHITWAN TIGERS SIGNS ON VIRANDEEP SINGH FOR THE 4TH EDITION OF THE EVEREST PREMIER LEAGUE 2021'

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार