गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् ।
एमाले संसदीय दलको नेतासमेत रहेका राईले शुक्रबार राजीनामा दिएका हुन् । उनले भीम आचार्यलाई दलको नेता बनाएको जानकारी संसद सचिवालयलाई गराइसकेका छन् ।
एमाले संसदीय दलको बैठकले राईको राजीनामा र संसदीय दलको नेतामा आचार्यलाई बनाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई जानकारी गराउन उनीहरू प्रदेश प्रुमुखको कार्यालयतिर जान लागेका छन् ।
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाएको र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी थालेको हो ।





