गृहपृष्ठ डेव ह्वाटमोरले दिए राजीनामा, यस्तो छ कारण !
डेव ह्वाटमोरले दिए राजीनामा, यस्तो छ कारण !
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् ।
आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले राजीनामा दिएका हुन् ।
उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।
भारतीय चर्चित अनलाईन टाइम्सनाउले व्हाटमोरले नेपाल क्रिकेट संघलाई पत्र पठाउदै शुक्रबार पदबाट राजिनामा दिएको बताएको छ। व्हाटमोरले पठाएको पत्रमा परिवारबाट टाढा रहेर कोरोना महामारीकालमा काम गर्न कठिन भएको जसकारण पद छाड्ने निर्णयमा पुगेको बताएको उल्लेख छ।
“ओमानमा सेप्टेम्बर १९ सम्म चल्ने विश्वकप लिग-२ सकिएलगत्तै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिना यो पत्रमार्फत जानकारी गराउन चाहन्छु। निकै सोचविचार गरेर मैले यो निर्णय लिएको हुँ जुन निर्णयमा पुग्न मैले गहिरो चिन्तन गरेको थिएँ।” व्हाटमोरले क्यानलाई पठाएको पत्रमा उल्लेख छ। राजिनामाबारे नेपाल क्रिकेट संघले भने प्रतिक्रिया दिएको छैन।
श्रोतका अनुसार व्हाटमोरले पुनः भारतको बरोडा रन्जी टिमको मुख्य प्रशिक्षण पद सम्हाल्नेछन्। यो वर्ष मार्चनै भारतीय मिडीयाहरुले व्हाटमोर आगामी सिजन बरोडाको प्रशिक्षणको लागि आउने बताएको थियो।
नेपालले विश्वकप लिग-२ अन्तर्गत ओमानमा सेप्टेम्बर १३ देखि १९ तारिखसम्म एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सेप्टेम्बर १९ तारिखमा नेपालले ओमानसंग सिरिजको अन्तिम खेल खेल्ने छ जुन खेल ६७ वर्षीय व्हाटमोरको नेपालको लागि अन्तिम खेल हुनेछ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
उनले क्यानसंग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।





