२०८३ मंसिर २ गते मंगलवार | November 17, 2026

गृहपृष्ठ म्यानचेस्टर युनाईटेड फर्किए रोनाल्डो

म्यानचेस्टर युनाईटेड फर्किए रोनाल्डो

एजेन्सी । म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ ।

युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमत बनेको बताएको छ ।

युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती बनेको उल्लेख गरेको हो ।

‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन् ।’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् ।

उनले देशका लागि युरो कप समेत उचालेका छन् ।

उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी तत्कालिन समयमा कीर्तिमानी मुुल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार