२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ भारतमाथि इंग्ल्यान्ड एक इनिङ्समै विजयी

भारतमाथि इंग्ल्यान्ड एक इनिङ्समै विजयी

काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा एक इनिङ्स ७६ रनको जित निकालेको छ।

लिड्समा शनिबार भारत दोस्रो इनिङ्समा २ सय ७८ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्ड एकै इनिङ्समा विजयी भएको हो।

पहिलो इनिङ्समा इंग्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटिएको हो।

भारतका चेतेश्वर पुजाराले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। रविन्द्र जडेजा ३० रनमा आउट भए।

A joyous England team as DRS goes their way, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए। क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र मोइन अलीले १/१ विकेट लिए।

पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए । अन्जिके रहाने १८ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३/३ विकेट लिए । साम कुरान र ओली रोबिन्सनले २/२ विकेट लिए ।

पहिलो इनिङ्समा कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले फराकिलो स्कोर खडा गरेको थियो ।

कप्तान रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले । उनको यो २३ औं टेस्ट शतक हो ।

An Ollie Robinson inswinger did Cheteshwar Pujara in, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए । रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे । क्रेग ओभर्टन ३२ रनमा आउट भए ।

भारतका मोहमद शामीले ४ विकेट लिए । मोहमद सिराज, जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

इंग्ल्यान्डको जितसँगै पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।

वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।

Cheteshwar Pujara and Virat Kohli took India to stumps, England vs India, 3rd Test, Leeds, 3rd day, August 27, 2021

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार