२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

आभास

                                                 लघुकथा

जन्मदिने बाबुआमा अस्ताए पछि छोरीहरूका लागि माइतीघर जानेक्रम क्रमशः पातलिन थाल्छ ।उनीहरूलाई हिड्ने बेलामा मायाले हातमा लुकाएर अरुले पैसा दिने काम अरुले नगर्दा उनीहरूलाई झन् त्यो बेला बाबुआमाको सम्झनाले आँखामा आँशुको पोखरी बन्छ। यो तथ्यलाई राम्रोसँग बुझेका उनले तीजमा आफ्नी दिदीलाई लिन घरमै पुगे । उनी खुशीले भाइसंगै उनी माइत आइन ।

कत्तिपनि बाबुआमा नभएको न्यास्रो नलागोस् भनेर उनले बोलीचालीमा आत्मिय शिष्टताका अतिरिक्त खानपिनमा पनि बिशेष ख्याल पुर्‍याए । पञ्चमी सकेपछि हिड्ने बेला उनले भने ,दिदी केही साडीहरु ल्याएको छु । हजुरलाइ मन परेको एउटा रोज्नु होस् ,बाँकी पसलेलाई फिर्ता गरिदिने छु। ‘त्यहाँ चालीस हजार पर्ने देखि लिएर चार सय मात्रै पर्ने सुतीको साडी समेत थियो । उनले सवैभन्दा सस्तो पर्ने नै रोजिन र भनिन् अरु पसलेलाइ फिर्ता देउ। “उसले भन्यो किन दिदी यो चालीस हजार पर्ने बनारसी नरोजेर सवैभन्दा सस्तो सुतीको साडी रोज्नु भयो ?”

भाइको कुरा सुनेर उनले गम्भीरतापूर्वक भनिन् ,”त्यो महँगो साडीले भन्दा यो साडीले धेरै राम्रो काम गर्छ,भान्सा ,घाँस पात लगायत जहाँ पनि लगाउन मिल्छ । शिष्ट देखिन्छ । लगाउन पनि सजिलो ,गर्मीमा चिसो जाडोमा न्यानो ,राख्न र धुन पनि सजिलो ,जुनसुकै समयमा पनि आवश्यक पर्ने । अरु रोज्नु भनेको समस्या निम्त्याउनु पनि हो नि। बरु म हिड्ने बेला छिमेकीले देख्ने गरि बुहारीलाई मेरो हातमा रङ्गीन खाम राख्न लगाउनु है । “उसले भन्यो किन नि दिदी ?’ उनले भनिन् ‘मलाई जन्म दिने बाबुआमा ज्युँदै रहेको आभास हुनेछ ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार