२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं,१२ भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ८५७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५१ जना र ११ देखि २० वर्षका १५२ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३६६ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३२९ जना रहेका छन् । ४१ देखि ५० वर्षका २४८, ५१ देखि ६० वर्षका १७१ जना, ६१ देखि ७० का ९७ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ६९ जना, ८० देखि माथिका ३३ जना रहेका छन् । अहिले देशभर ६१५ जना आईसीयूमा र १७४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार