२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ नेपालका यी २० जिल्लामा छन् कोरोनाका पाँच सय भन्दा बढी सक्रिय संक्रमित,हेर्नुहोस जिल्ला अनुसार विवरण

नेपालका यी २० जिल्लामा छन् कोरोनाका पाँच सय भन्दा बढी सक्रिय संक्रमित,हेर्नुहोस जिल्ला अनुसार विवरण

काठमाडौं,१२ भाद्र । देशभर हाल २० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । पाँच प्रदेशका २० वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को ३, बागमतीको ८, गण्डकीको ६, लुम्बिनीको २ र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् । प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १९ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । यो सूचीमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार