२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ उसृङ्खल बन्दै टिकटक जिउँदा कलाकारलाई श्रद्दान्जली

उसृङ्खल बन्दै टिकटक जिउँदा कलाकारलाई श्रद्दान्जली

उसृङ्खल बन्दै टिकटक जिउँदा कलाकारलाई श्रद्दान्जली
सहज इन्टरनेट सेवा र भाइरल हुने होडबाजीका कारण सामाजिक सञ्जाल टिकटक उसृङ्खल र अमर्यादित बन्दै जाँदापनि सम्बन्धित निकाय भने माैन देखिएपछि विकृति बढ्दै गएकाे छ ।

पछिल्लो समय उसृङ्खल र अश्लील बन्दै गएको टिकटकमा जिउँदै रहेका नेपाली कलाकारकाे फाेटाे दुरुपयोग गरेर हार्दिक श्रद्धाञ्जली समेत दिएको भेटिएको छ ।

नेपालको चर्चित न्युज पोर्टल नेपाल लाइभकाे लाेगाे प्रयोग गरेर सरू थापा मगरकाे नाममा खोलिएको टिकटक आइडिमा अधिकांश कलाकार तथा गायिकाहरूकाे फाेटाे दुरुपयोग गर्दै श्रद्धाञ्जली अर्पण गरेको पाइएको छ ।

तस्बिर नम्बर १- रचना रिमाल (गायिका )

स्वरकी धनी र सानै उमेरमा उत्कृष्ट गित गाउँदै नेपाली गायन क्षेत्रमा ख्यातिप्राप्त गायिका रचना रिमालकाे स्कुटर दुर्घटनामा निधन भएको भन्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

तस्बिर नम्बर -२ पलपसा डंगोल (चमसुरी)

नेपाली हास्य टेलिसृंखला मेरी बास्सै लगायत विभिन्न सिरियलमा काम गरिसकेकी चमसुरी यतिबेला किड्नी फेल भएर उपचाररत छिन् , । तर उनकाे तस्बिर राखेर हार्दिक श्रद्धाञ्जली लेखिएको छ ।

तस्बिर नम्बर -३ प्रियंका कार्की ( नायिका )

नेपाली फिल्म जगतकी चर्चित नायिका प्रियंका कार्की यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन् ,। पछिल्लो समय उनकाे गर्भअवस्था र उनले सार्वजनिक गर्ने तस्बिरका कारण चर्चा र आलोचनाकाे सिकार बनेकी कार्कीकाे बच्चा गर्भमै अपांग बनेकाे र उनका श्रीमानले अक्सिजन दिइरहेकाे उल्लेख गरिएको छ ।

तस्बिर नम्बर ४- विष्णु माझी (गायिका )

स्वरकि धनी चर्चित लाेकदाेहाेरी गायिका हुन् विष्णु माझी । पछिल्लो समय उनले गाएको “चरी जेलैमा ” गितले रेकर्ड नै कायम गरिसकेको छ तर गायिका विष्णु माझी भने बर्षाैँदेखि गुमनाम छिन् । उनको व्यापक रूपमा समर्थकहरूले खाेजि गरिरहेका छन् यतिबेला । तर टिकटकमा भने उनले आत्महत्या गरेको भन्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उल्लेखित पात्रहरू प्रतिनिधि पात्र मात्रै हुन्,। उक्त टिकटक आइडिमा थुप्रैलाई जिउँदैमा श्रद्धाञ्जली अर्पण गरिएको छ । पछिल्लो समय टिकटक राज्यको नियन्त्रण भन्दा बाहिर रहँदा यसले ठुलो विकृति भित्र्याएको छ । जसका कारण समाजमा अपराधीक गतिविधि तथा घटनाहरू बढ्दै जानेमा कुनै दुईमत छैन ।

विभिन्न फेक आइडि प्रयोग गर्दै टिकटक लगायतका सामाजिक सञ्जालमा हुने उच्छृङ्खल , अश्लील र विकृत सामग्री सम्प्रेषण गरेर सामाजिक सञ्जालमा छाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी कसको हो भन्ने कुराहरू समेत अहिले जनमानसमा उठ्ने गरेको छ ।

टिकटकमा पछिल्लो समय अश्लील र उच्छृङ्खल गतिविधिले सिमा नाघिसकेको छ भने राज्यले यसको नियन्त्रणमा चासो नराख्दा झनै विकृति बढेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार