गृहपृष्ठ ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य
ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य
आईसीसी विश्वकप लिग टू अन्तर्ग ओमानमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
युएईले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । ओमानलाई सस्तैमा रोक्नका लागि नेपालका करण केसी र सन्दीप लामिछानेको बलिङ उत्कृष्ट रह्यो । यी दुई खेलाडीले ४३ रन हुँदा शुरुका ६ विकेट लिँदै ओमानी खेमामा दबाब बढाएका थिए ।
ओमानका लागि जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा जितन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रन बनाए ।
अल एमिरात क्रिकेट स्टेडियममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ रोजेका थिए । आजको खेलमा पहिलो पटक शरद भेषावकर र आरिफ शेख समावेश भएका थिए ।
जतिन्दर सिंह र सोफियन मोहम्मदले ओपनिङ गरेका थिए । पहिलो ओभरमा सफोयिनले करण केसीविरुद्ध ब्याट नै खोल्न सकेनन् ।
तर, दोस्रो ओभरमा सोमपाल कामीमाथि जतिन्दर सिंहले आक्रामक शुरुआत गरेका थिए । टिमको स्कोर टिमको स्कोर १८ रन हुँदा जतिन्दर सिंहको पहिलो विकेट गुमाएको थियो ।
नेपाली खेलाडीमाथि शुरुदेखि नै हावी हुन खोजेको ओमानविरुद्ध करण केसीले विकेट लिएका हुन् । करणले जतिन्दरलाई १३ रन बनाएका बेला आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पमेलियन पठाएका थिए । उनले १३ बल फेस गर्दा एक छक्का र एक चौका प्रहार गरे ।
दोस्रो विकेटको रुपमा ओमानले ३० रन जोड्दा सेफ्यान मोहमदलाई गुमाएको थियो ।
यससँगै ओमानका दुवै जना ओपनरलाई करण केसीले पभेलियन पठाएका थिए ।
सेफ्यान व्यक्तिगत चार रन बनाएका बेला करणले सुशन भारीबाट क्याच आउट गराएका थिए । सेफ्याले १६ बलमा ४ रनको योगदान गरेका थिए । तेस्रो विकेट पनि लगत्तै ओमानले गुमाउन पुग्यो । टिमको स्कोर ३० रन भएका बेला आयान खान ७ रन जोडेर आउट भए । उनको विकेट पनि करणको नाममा रह्यो ।
त्यसपछि पनि नेपाली टिमले ओमानी खेलाडीलाई खुलेर खेल्न दिएको थिएन । १२ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका लेग स्पिनर सन्दीप लामिछानेले अन्तिम बलमा विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । ४३ रन भएका बेला उनले मोहमद नदीमलाई एलबीडव्ल्यू आउट गर्दै पभेलियन पठाएका थिए ।
नदीम व्यक्तिगत ४ रन बनाएर आउट भए । १२ ओभर सकिँदा ओमानले ३७ रन जोडेको थियो । त्यसपछि १४ औं ओभरको खेलमा सन्दीप लामिछानेले लगातार २ विकेट लिएपछि नेपालले छैटौं सफलता हात पारेको थियो । टिमको स्कोर ४३ रन भएका बेला सुरज कुमार र नेस्टोर धाम्बा खाता नै नखोली पभेलियन फर्किएका थिए ।
नेपाललाई सातौं सफलता भने शरद भेषावकरले दिलाएका हुन् । ओमानको स्कोर ६४ रन भएका बेला शरदले व्यक्तिगत पहिलो ओभरको दोस्रो बलमा सन्दीप गौडको विकेट लिएका थिए । गौड ८ रन बनाएका बेला सुशन भारीको हातबाट क्याच आउट भए । पहिलो ओभर शरदले मेडन पनि राख्न सफल भए ।
ओमानको स्कोर २९.४ ओभरमा ८६ रन पुगेका बेला शरदले व्यक्तिगत दोस्रो तथा टिमका लागि आठौं सफलता दिलाए ।
शरदले नसिम खुसीलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । खुसी व्यक्तिगत १२ रन बनाएर आउट भए । उनले २७ बल खेल्दा एक छक्का प्रहार गरेका थिए । ओमानले ३३.३ ओभरमा १०० रन पुरा गरेको थियो । त्यतिबेला क्रिजमा मक्सुद र कलिमुल्लाह क्रिजमा रहेका थिए ।
नेपालले ओमानविरुद्ध नवौं सफलता हात पारेको छ । नेपालका करण केसीले व्यक्तिगत चौथो विकेट लिँदा ओमानले नवौं विकेट गुमाएको थियो । ओमानका लागि सर्वाधिक रन बनाएका जिसन मक्सुदलाई करणले आउट गरेका हुन् । मक्सुद ४१ रनमा आउट हुँदा ६६ बल फेस गरेका थिए । उनले २ चौका र एक छक्का प्रहार गरे । नवौं विकेट गुमाउँदा ओमानको स्कोर १०६ रन भएको थियो ।
मक्सुदलाई विकेट किपर विनोद भण्डारीबाट क्याच आउट गराएका थिए । अन्तिम विकेटको रुपमा सन्दीप लामिछानेले विलाल खानलाई आउट गरेपछि ओमान ३७.१ ओभरमा १२१ रनमा रोकिन पुग्यो ।
नेपालका ६ खेलाडीले ओमानविरुद्ध बलिङ गरे । करण केसीले ८ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए ।
सोमपाल कामीले ५ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १५ रन खर्चिए ।
सन्दीप लामिछानेले ८.१ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट लिए । आरिफ शेखले ३ ओभरमा १४ रन खर्चिदा सुशन भारीले ७ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २० रन दिएका थिए ।
छैटौं बलरको रुपमा आएका शरद भेषावकरले ६ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २१ रन खर्चिएर २ विकेट लिए ।





