२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ ईपीएल खेल्न जिम्बावेका क्रिकेटर सिकन्दर नेपालमा

ईपीएल खेल्न जिम्बावेका क्रिकेटर सिकन्दर नेपालमा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि जिम्बावेका अलराउण्डर सिकन्दर राजा नेपाल आईपुगेका छन् ।

विराटनगर वारिवर्समा आबद्द सिकन्दर बिहीबार नेपाल आईपुगेका हुन् ।

विराटनगरले जिम्बावेका कप्तान समेत रहेका सिकन्दर नेपाल आईपुगेको जनाएको छ ।

विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा सिकन्दरलाई अनुबन्ध गरेको थियो ।

जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन्।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबार सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार