२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ आईपीएल : मुम्बईमाथि कोलकत्ताको सानदार जित

आईपीएल : मुम्बईमाथि कोलकत्ताको सानदार जित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो।

मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । नितिश राना ५ रनमा अविजित रहे।

भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे ।

इशान किशनले १४ रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार