२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ स्टार युवा क्लबद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न न्यु होराइजनलाई उपाधि

स्टार युवा क्लबद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न न्यु होराइजनलाई उपाधि

इज्जत कंडेल,बुटवल । स्टार युवा क्लब बुटवलद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ४१ टिमको सहभागिता रहेको खेल ४ दिनसम्म चलेको थियो । स्टार क्लबका अध्यक्ष रामजी केसीको अध्यक्षता, बुटवल उपमहानगरपालिका उपप्रमुख गोमा देवी आचार्यको प्रमुख आथित्यतामा कार्यक्रमको समापन भएको थियो ।

निकै रोमाञ्चक रहेको भलिबल प्रतियोगितामा ४१ टिमलाई पछि पार्दै न्यु होराइजन स्पोर्टस क्लबले उपाधि हात पार्न सफल भएको छ । त्यस्तै क्रमशः दोस्रो स्थान स्याम्पा रेस्टुरेन्ट र तेस्रो स्थान स्पोर्टस ग्यालरी ले हात पार्न सफल भए । प्रथम स्थान हासिल गर्ने न्यू होराइजन ले २०,०००/- मेडल,ट्रफी र प्रमापत्र,दोस्रो स्थान हासिल गर्ने स्यामपा रेष्टुरेन्टले १०,०००/- मेडल,ट्रफी र प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्ने स्पोर्टस ग्यालरी ले ५,०००/- मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष केसीले आगामी दिनमा पनि स्थानीय स्तरमा खेलकुदलाई टेवा पुर्याउने यस्ता खालका कार्यक्रम गर्न क्लब पछि नपर्ने कुरा बताउनुभयो र क्लबले आयोजना आगामी दिनमा गर्ने यस्ता किसिमका कार्यक्रममा सम्पूर्णलाई यस्तै उत्साह जनक सहभागिताको लागि आग्रह गर्नुभयो । कार्यक्रमलाई सफल पार्नका लागि क्लबका सम्पूर्ण सदस्य निकै उत्साहका साथ लाग्नु भएको थियो र कार्यक्रम सफल र सु-सम्पन्न गर्न लागि पर्नु भएको थियो ।  कार्यक्रमको सञ्चालन क्लबका महासचिव युवराज लम्सालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार