२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ आईपीएल : कोलकत्तासँग दिल्ली पराजित

आईपीएल : कोलकत्तासँग दिल्ली पराजित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ।

 

सारजाहमा मंगलबार भएको खेलमा कोलकत्ताले दिल्लीलाई ३ विकेटले हराएको हो ।

दिल्लीले दिएको १ सय २८ रनको लक्ष्य कोलकत्ताले १८ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा नितिस रानाले अविजित रहदै ३६ रन बनाए । सुबमन गिलले ३० रन बनाए ।

दिल्लीका आभेस खानले ३ विकेट लिए ।

यस अघि दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

दिल्लीका स्टिभ स्मिथ ऋषव पन्तले समान ३९ रन बनाए ।

शिखर धवनले २४ रन बनाए ।

कोलकत्ताका लक्की फोर्गुसन,सुनिल नारिने र भेन्कातेस आयरले २/२ विकेट लिए ।

यस जितसँगै चौंथो स्थानको कोलकत्ताले ११ खेलमा १० अंक जोडेको छ ।

दोस्रो स्थानको दिल्लीले ११ खेलमा १६ अंक जोडेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार