२०८३ मंसिर १५ गते सोमवार | November 30, 2026

गृहपृष्ठ त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ३७ रन ले पराजित गरेको हो ।

२ सय ४ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ४ बलमा मात्र १ सय ६६ रन बनाउन सफल भयो । पपुवा न्यूगिनीलाई लक्ष्य पुरा गर्नबाट रोक्न नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए ।

उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालका लागि अविनाश बोहोरा र सोमपाल कामीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

आरिफ शेखले अविजित २ र करण केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार