२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : एभर्टन बर्नलीसँग ३-२ गोल अन्तरले पराजित

इंग्लिस प्रिमियर लिग : एभर्टन बर्नलीसँग ३-२ गोल अन्तरले पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलको १२औँ मिनेटमा नाथन कोलिन्स र ५७ औँ मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि गोल गरेका थिए ।

एभर्टनका लागि १८औँ र ४१ औँ मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ८५औँ मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै बर्नलीलाई ३-२ को जित दिलाए ।

यो जितसँगै २९ खेलबाट २४ अंक जोडेको बर्नली १८ औँ स्थानमा छ भने एभर्टन २५ अंक जोडेर १७औँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार