२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ मौसम अपडेट : आज देशभर यस्तो मौसम रहने ?

मौसम अपडेट : आज देशभर यस्तो मौसम रहने ?

काठमाडौँ । भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा पनि परिरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार