२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत हिजो सम्पन्न खेलमा नेपालसँग ओमान पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत हिजो सम्पन्न खेलमा नेपालसँग ओमान पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।

अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो। ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालको जितमा आसिफ शेख ६२ र कुशल भुर्तेलले ५६ रनमा बनाउनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनुभयो। श्रृङ्खला अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार राति खेल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार