गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : चेल्सीसँग उल्भ्स ३-० गोल अन्तरले पराजित
इंग्लिस प्रिमियर लिग : चेल्सीसँग उल्भ्स ३-० गोल अन्तरले पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोलले पराजित गरेको हो ।
चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक-एक गोल गरेका हुन् । जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ ।






