२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ विश्वकप फुटबल : आजबाट राउण्ड अफ १६ अर्थात् नकआउट चरणका खेल सुरु

विश्वकप फुटबल : आजबाट राउण्ड अफ १६ अर्थात् नकआउट चरणका खेल सुरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ। गएराति भएको समूह चरणका अन्तिम चार खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्। समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्।

समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्वीट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार