२०८३ असार ७ गते आइतवार | June 21, 2026

गृहपृष्ठ ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने पनि टोलीमा समाबेश

‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने पनि टोलीमा समाबेश

काठमाडौं । आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागीता जनाउने भएका छन्। नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन्।

नेपाल क्रिकेट संघले बुधबार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो। जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दीपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सूर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ। यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार