२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग एस्टन भिल्ला पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ। गएराति भएको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–१ गोलको सहज जित निकालेको हो। खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए भने ३९ औं मिनेटमा इल्के गुन्डोगानले अग्रतालाई दोब्बर पारे।

पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले अघि रह्यो । ६१औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरे पनि हार जोगाउन सकेनन्। जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ। २२ खेलमा ४८ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लिएको छ । एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । आगामी बिहीबार यी दुई शीर्ष टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार