२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ इटालियन सिरीए : एसी मिलान र इन्टर मिलानको जित

इटालियन सिरीए : एसी मिलान र इन्टर मिलानको जित

काठमाडौँ । इटालियन सिरीए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ३–१ गोल अन्तरले हराएको हो।

इन्टरको जितमा रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक–एक गोलको योगदान गरे भने उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काएका थिए। जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेर दोस्रो स्थानमा छ भने उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।

अर्को खेलमा एसी मिलानले मोन्जालाई १–० ले हरायो। जुनियर मेस्सीयासले निर्णायक गोल गरेका हुन्। यो जीतसँगै मिलान ४४ अंकसहित तेस्रो स्थानमा छ भने मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा सिमित छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार