गृहपृष्ठ नेपाल सुपर लिग : ललितपुर सिटी एफसीद्वारा एफसी चितवनलाई पराजित
नेपाल सुपर लिग : ललितपुर सिटी एफसीद्वारा एफसी चितवनलाई पराजित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ । चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आज दशरथ रंगशालामा एफसी चितवनलाई ३-१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ललिपुरको जितमा इबु केबले दुई तथा विवेक पौडेलले एक गोल गरे । चितवनका राफिक अमिनोले एक गोल गरे । योसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमायो । चितवन ५ अंक सहित पाँचौं स्थानमा रहेको छ ।